चनौली इलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास

Epraka 1

चितवन । चितवन जिल्लाको चनौलीमा इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा रहेको इलाका प्रहरी कार्यालयको अर्काे नयाँ भवन बन्न लागेको हो । सो नयाँ भवनको सोमबार ३ नं. प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरेले शिलान्यास गरे ।

सो भवन २ करोड ६५ लाखमा १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २ कोठे पक्की भवनमा मेस जवान ब्यारेकको रुपमा प्रयोग गरिने छ ।

दुई जनालाई सम्मान
इलाका प्रहरी कार्यालय चनौतीको नयाँ भवन शिलान्यास कार्यक्रममा ३ नं. प्रदेशका दुई प्रहरी सम्मानित भएका छन् ।

यसरी सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापा र इलाका प्रहरी कार्यालय चनौतीका प्रनानि भानुभक्त आचार्य रहेका छन् ।

थापालाई तीन पुस्ते रेकर्डमा रहने गरी नगद १ हजार ५ सय र आचार्यलाई तीन पुस्ते रेकर्डमा रहने गरी १ हजार नगद पुरस्कार प्रदान गरियो । प्रहरीमा तीन पुस्ते रेकर्डमा राखिनुलाई उच्च सम्मानको रुपमा हेरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...