दुर्घटना न्यूनिकरणका लागि राति ट्या्कटर चलाउनमा रोक
कपिलवस्तु । जिल्लामा ट्याक्टरहरुको कारण राजमार्ग तथा अन्य मुख्य सडकहरुमा सडक दुर्घटना बढेको देखिएकोले ट्राफिक प्रहरीले राति ७ बजेपछि बिहानसम्म राजमार्ग तथा मुख्य सडक खण्डमा ट्याक्टर नचलाउन आग्रह गरेको छ ।
रातको समयमा चलाउन उपयुक्त लाइट नभएको,ट्रलिमा ब्रेक लाइट सिष्टम नभएकोले राती चलाउन चालकलाई समेत कठिनाई हुनाको साथै गुड्दा खालि ट्रलिको आवाजले सडक आसपास बस्ने स्थानियवासीहरुलाई धेरै नै समस्यामा पारेको गुनासो आएपछि साँझ ७ बजे अगावै गन्तव्यमा पुग्न अनुरोध गरिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख प्रनि अमर बहादुर कार्कीले बताए ।
यो अभियान कपिलवस्तुमा मात्र नभइ तराईका अन्य छिमेकी जिल्लाहरुमा पनि शुरु भएको उनले बताए । केहि दिन अघिबाटै राति ७ बजेपछि ट्रेक्टर नचलाउन आग्रह गरिए पनि ट्रेक्टरचलाउनमा कमी नभए पछि कारबाहीमा कडाई गरिएको कार्कीले बताए ।
आफ्नो सवारी साधनको अवस्था ठिक राख्न,ट्रेक्टरको ट्रलीमा पछाडी स्पष्ट नम्बर प्लेट र रेडिएम स्टिकर टाँस गर्न, खोलाजन्य सामग्री बोक्दा सडकमा पानी, गिटि, बालुवा,ईटा आदि सडकमा नझार्न,लाइसेन्स भएका व्यक्तिले मात्र सवारी चलाउन,सवारी साधनको कागजात दुरुस्त राख्न र ट्रेक्टरमा जडान गरिएको साउण्ड सिष्टम बक्स हटाई दुर्घटना न्यूनिकरणमा सहयोग गर्न सबै ,चालक,सहचालक र सरोकारवाला सबैमा ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस