सेना दिवस सन्दर्भ : आतिशबाजीदेखि तोप बढाइँसम्म

Sena

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड शस्त्राभ्यास, प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन् ।

नेपाली सेनाको ब्याण्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्याण्डसँग मिलेर संयुक्तरुपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिने छ । उक्त समारोह अपराह्न ५ बजे शुरु भई करिब साँझ ७ बजेसम्म चल्ने छ ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनेछन् ।

सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सेना दिवसकै उपलक्ष्यमा जंगी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...