वाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु । अखिल क्रान्तिकारी वाणगंगा बहुमुखी क्याम्पस ईकाइ समितिको आयोजनामा वाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रेडक्रस सोसाईटी बुटवल भौरहवाको विशेष सहयोगमा आयोजित कार्यक्रममा २५० भन्दा बढीको सहभागीता रहेको कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । कार्यक्रम कै क्रममा प्रविधिक सापकोटाले भने ५ नम्बर प्रदेशका सबै ठाउँहरुमा ईकाई समितिले आयोजना गरेका यस्ता कार्यक्रममा सबै भन्दा धेरै रगत संकलन भएको यो पहिलो रेकर्ड रहेको बताए ।
कार्यक्रम मा अध्यक्ष मदन पौडेलले रगत को कमिले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने मुख्य लक्ष्य का साथ यस कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सचिब नारायण खनाल,पुर्व केन्द्रीय सदश्य भेषराज बन्जाडे( बिनायक ) ,अनेरास्ववियु केन्द्रीय सदस्य टुकलाल गैरे तथा जिल्ला अध्यक्ष बाबुराम अर्याल सहित विभिन्न समाजजसेवि ब्याक्तिहरु ले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण लाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस