प्रदेश नं ३ को मुख्यमन्त्रीमा पौडेललाई नियुक्त गर्न प्रस्ताव दर्ता

Dormani paudel

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ ।

नेकपा एमालेका रामेश्वर फुयाँल काठमाडौँ प्रस्तावक र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल धादिङको समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।

तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । उनी नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...