४० प्रतिशत जनता विद्युत् पहुँच बाहिर : ऊर्जामन्त्री थापा

1234

भीमदत्तनगर । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताए ।

मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी ५ वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए ।

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिए ।

“नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।” उपप्रधानमन्त्री थापाले भने, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।”।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...