५ सय लि घरेलु मदिरा बरामद

Madira nast 1

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५ सय लि मदिरा बरामद गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ ।

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव ४ हजार ७ लि कच्चा पदार्थ जाँड बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस