माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा वम विष्फोट

Karnali aayoja bisfot

सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा वम विष्फोट भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट भएको हो ।

अज्ञात समुहले गराएको सो बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ । अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराउँदा कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...