को हुन् खड्गकुमारी थापा, जो मञ्चमा बसेर रोइरहिन् ?

Khadka kumari thapa

काठमाडौं । शनिबार दिउँसो १ बज्नु अघि नै खड्गकुमारी थापा रिपोर्टर्स क्लबको हलमा प्रवेश गरिसकेकी थिइन् । उनी झण्डै सो हलमा डेढ घण्टासम्म बसिन् ।

उनको लागि त्यो डेड घण्टा विगतलाई सम्झिने दिन अवसर पनि थियो । उनले त्यति लामो समयसम्म आफ्ना श्रीमानलाई सम्भिइरहिन् । उनका श्रीमान हुन् कप्तान यज्ञबहादुर थापा ।

जो २०३० चैत ३ मा तत्कालीन राजा विरेन्द्रको विराटनगर सवारीमा भएको बम काण्डमा संलग्न भएको अभियोगमा तत्कालीन पञ्चायतले राजकाज (अपराध र सजाय) ऐन ०१९ को दफा २ तथा राजगद्दी ऐन ०१५ दफा १६ अनुसार ०३३ फागुन ६ गते विहीबार मृत्युदण्डको फैसला सुनाएको थियो ।

सोही फैसलाका आधारमा कप्तान यज्ञबहादुर थापालाई २०३५ माघ २६ गते सिन्धुली जिल्लाको कमला नदीको किनारमा लगेर हत्या गरिएको थियो । थापालाई त्यसबेला ओखलढुंगा काण्डका कमाण्डर पनि भनिएको थियो ।

उनै सहिद कप्तान थापाकी धर्म पत्नी हुन् खड्गकुमारी थापा । उनलाई नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सम्मानका लागि बोलाएको थियो ।

उनलाई जब आयोजकले मञ्चमा राख्यो, त्यसबेलादेखि नै खड्गकुमारीको आँखाबाट निरन्तर आँसु बगिरह्यो । उनीसँगै मञ्चमा बसेकी छोरी लक्ष्मी थापाले घरीघरी सम्हालेका दृष्यले सबैलाई मर्माहत बनाएको थियो ।

उमेरले ८१ वर्ष पुगेकी थापालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसी र नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका अध्यक्ष भीम थापाले संयुक्त रुपमा सम्मान गरे ।

सो अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर नारायण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सहिद भीमनारायण श्रेष्ठ र कप्तान थापालाई एकै दिन तत्कालीन पञ्चालतले गोली हानी हत्या गरेको थियो ।

समितिका अध्यक्ष भीम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले श्रेष्ठ र थापालाई सम्मान पत्र प्रदान गरे ।

सोही अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका पूर्व अध्यक्ष नारायण प्रसाद भट्टराइलाई पनि सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रममा नेपाली कांग्रेस धनकुटामा पूर्व सभापति मनोहर नारायण श्रेष्ठ, वर्तमान सभापति अग्नीप्रसाद पौडेल, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले सहिदको सम्मान गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...