छोराको कुटाईबाट थलिईएका पडित दर्जीलाई संकलन गरिएको रकम हस्तान्तरण

Kokila 27

धनकुटा । विदेशमा बस्ने धनकुटा ३ कागतेका याक्सोको पहलबाट छोराको कुटाईले थलिई प्यारालाइसिस भएका दर्जीको उपचारका लागि केहि सहज भएको छ ।

धनकुटा नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्षको समन्वयकारी भुमिकाले विदेशमा रहेका नेपालीको सहयोगमा उपचारमा राहत पुुगेको छ । लामो समयदेखि गरिबी र आर्थिक अभावका कारण धनकुटा कागतेमा छोराको कुटाईबाट थलिई बसेका गंगाबहादुर दर्जिलाई उपचारका खातिर बिदेशमा रहेका नेपालीको सहयोगमा थप उपचार गरिएको हो ।

सरकारले बाबुलाई दिएको बृद्ध भत्ता मध्येको १५ सय रुपैयाँ खर्च गरि फुलपातिको अघिल्लो दिनमा रक्सि खाएको निहुमा जेठो छोरा लोक बहादुर दर्जीले ६४ बर्षीय आफ्नै बाबु गंगा बहादुर दर्जीलाई कुटेको थियो ।
उक्त कुटाईबाट एउटा पाटो नचलि थलिई बसेका दर्जीको उपचारार्थ सहयोगका लागि उक्त रकम उपलब्ध गरिएको हो ।

हङकङमा रहेका शुरेस याक्सोको सक्रियतामा त्याहाँ रहेका अन्य नेपालि तथा बिदेसिदाताहरुको सहयोगमा धनकुटा–३ का ६४ बर्षीय गंगा बहादुर दर्जीको उपचारकालागि सहयोग रकम जुटाईएको थियो । हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूको अगुवाईमा उपचार सहयोगार्थ ७३ हजार रकम उपलब्ध गराईएको हो ।

उक्त सहयोग अभियानमा ७३ हजार रुपैयाँ रकम जुटाएर धनकुटा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकास घिमिरेको समन्वयमा प्राप्त रकम दर्जीको निजि घरमै बुहारिहरुका साथमा बिरामि दर्जीको हातमा ६७ हजार दिएको र बाँकि ६ हजार पनि केहि दिनमै हस्तान्तरण गर्ने धनकुटा वडा नम्वर ३ का अध्यक्ष घिमिरेले जानकारि दिए ।

असोजमा छोराको कुटाईबाट एउटा पाटो नचलि प्यारालाईसिस जस्तो भई थलिएका दर्जीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो उनको उपचारका लागि सुबिधा सम्पन्न अस्पताल लैजानुपर्ने भएकाले थप समस्या सृजना भएको दर्जीकी जेठि बुहारी रिना बर्देबाले बताइन ।

रिनाले भनिन दशैको फुलपातिको अगिल्लोदिनमा आफ्ना ससुराले सरकारले दिएको बृद्धभत्ता मध्येको १५०० रुपैयाँ बुबा आफैले खर्चगरि रक्सि खाई मेरो श्रीमान र ससुराको बिचमा हात हालाहाल भएको बिषयलाई लिएर गाउँमा छोराले कुटेर बुबालाई थला पारेको भन्ने हल्ला चलेको भएता पनि बुबालाई त्यहि दिनदेखि एउटा पाटो नचलेको र  हिडडुल गर्न नसकि प्यारालाईसिस भई थला परेको बताइन ।

प्यारालाईसिस भएको भनि उपचारका लागि खरैया लगिएको र औसधि खुवाईएको भएता पनि अहिले घरैमा राखि दिसा पिसाब रातदिन सोर्नु पर्दा हैरान भएको रिना बताउनु हुन्छ । उपचारका लागि असोजदेखि मंसिर तिन महिना सम्म औसधि खुवाउदा पनि केहि सुधार भने नभएकोले अहिले औषधि खान छोडि बाँकि पैसा बिरामि बुबाको खानपानमा नै खर्च गर्दै गरेको बुहारी रिनाले बताइन ।

पीडित दर्जीलाई सहयोग गर्न बिदेशमा रहेका याक्सोले सवैमा अपिल गर्दै दर्जीको दयनीय अवस्था थाहा पाएर मानवताको हिसाबले आफूहरुले सहयोग उपलब्ध गराएको टेलिफोन मार्फत बताएको धनकुटा वडा नम्वर ३ का बिदेशमा रहेका सहयोगि याक्सोका बुबा बिर बहादुर लिम्बुले जानकारि दिए ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...