सुदुर पश्चिमाञ्चल विश्विद्यालयमा (१५ आङ्गिकक्याम्पस) समायोजन प्रक्रिया नसच्याए कडा आन्दोलनमा उत्रिने
काठमाडौं । सुदुर पश्चिमाञ्चलविश्विद्यालयआङ्गिकक्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिकक्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलतभएको भन्दै उक्तप्रक्रियातत्काल सच्याउनुपर्ने माग गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै समितिले उक्त प्रक्रिया नसच्याए आगामी दिनमा जस्तोसुकै संघर्षमा उत्रिन बाध्य भएको चेतावनी दिएको हो । समितिका संयोजकमानबहादुर चन्दले तत्कालविश्वविद्यालयले आफूहरुले उठाएका जायजमाँगहरु सम्बोधनगर्नको लागि ढिलाई गर्न नहुने धारणा राखे ।
उनले भने,‘हामीले त यो प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आएका छौं, यो विभेदपूर्ण छ, विश्विद्यालयको ऐनको पनिविपरित छ, पूर्वअभ्यास विपरित भएकोले हामीकुनै पनिहालतमा यो प्रक्रिया संशोधननभएसम्म अगाडि बढ्न दिँदैनौं, बरु यसको लागि जस्तोसुकै कदम उठाउन पनिबाध्यहुनेछौं, हाम्रा साथीहरु आन्दोलनकालागितमतयार भएर बस्नुभएको छ।’
चन्दले विश्वविद्यालयका जिम्मेवारी पदाधिकारी उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले समायोजन प्रक्रियालाई नै अवरुद्ध गरि १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई विश्विद्यालयको विकास र विस्तारलाई नै रोक्ने फोहोरी नियतका साथ आफूहरुलाई अदालत जान धम्क्याएको आरोप लगाए ।
उनले भने,‘यतिमात्रै होईन, उहाँहरुले यो दरबन्दीलाई खारेज गरिदिने धम्कीदिनुभएको छ, तर हामी संयममित भएर आफ्ना विरोधका कार्यक्रमहरु अघि बढाईरहेका छौं, हामी अदालत जाने पक्षमा छैनौं।’
मुलुकमा राज्यभएकोले विश्विद्यालय र सरकारले आफ्ना कुराहरु नसुने अन्तिममा मात्रै बाध्यभएर अदालत जाने तर अहिले आफूहरु अदालत जानको लागि हतारिने पक्षमा नभएको उनको स्पष्टोक्ति थियो ।
समितिले विभिन्न ३ बुँदे माँग समेत अघि बढाएको छ ।
जसमा सु.प. विश्व विद्यालय ऐनमा भएको व्यवस्था अनुसार विश्वविद्यालय र क्याम्पसहरु वीच समायोजन सम्बन्धीअन्तिम (एमओयू) गर्दा सम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् सोहीअवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सु.प. विश्वविद्यालयमा समायोजन भैसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार हुनुपर्ने र सेवा सुविधातथाशर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजनाभई आएकाशिक्षककर्मचारी सरह हुनुपर्ने रहेको छ ।
समितिका संयोजक चन्दको नाममा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले सुदुरपश्चिमका १५ वटा सामुदायिक क्याम्पसका लागि मिति २०७४ सालअसोज २ गते नेपाल सरकार मन्त्रिपरिषदले स्विकृत ४४४ वटा शिक्षककर्मचारी दरबन्दी समायोजनको प्रक्रियाका लागि ०७४ पुस २९ गतेको विश्वविद्यालय सभाबाट संशोधित शिक्षक कर्मचारी नियामावली सु.प. विश्वविद्यालय ऐन विपरित, समायोजनको पूर्वअभ्यास विपरित, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय श्रम ऐन र श्रम अधिकार विपरित अधिकांश प्राध्यापक तथा कर्मचारीहरुलाई अन्याय भएको कुरा मिति ०७४ माघ ७गते विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्तनगर कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगलमा ज्ञापनपत्र बुझाएका थियौं ।’ समितिले उक्त प्रक्रियाको विरोधमा तालबन्दी गरेर समेत विरोध प्रकट गरेको जनाएको छ ।
आफूहरुले यसरी विरोध जनाउँदै गरिरहेको अवस्था र विश्वविद्यालयको गेटमा तालबन्दी लगाईएकै अवस्थामा उक्त तालातोडिएको चन्दले गुनासो पोखे । आफूहरुलाई विश्वविद्यालयको गेटमै थुनछेक गर्ने प्रयास गरिएको र प्रहरी बोलाई अनावाश्यक झमेला तथा प्राध्यापकहरुको अपनमान गर्ने प्रयास भएको पनि उनको आरोप थियो ।
उनले पदाधिकारीहरुले आफूहरुका कुनै कुरा सुन्न नचाहेको बरु उल्टै गैर–जिम्मेवार रुपमा प्रस्तुत भएको प्रति पनि कडा रुपमा विरोध जनाउँदै आपत्ति प्रकट गरे । समितिले ०७४ पुस २९ गतेको विश्व विद्यालय सभाले गरेको समायोजन सम्बन्धी शिक्षक, कर्मचारी नियमावलीको संशोधित बुदाहरु पूनःमाँग बमोजिम संशोधन नभए सम्म विरोधका कार्यक्रम यथावत रहेको पनि जनाएको छ ।
प्रतिकृया दिनुहोस