हराएकी युवती भारतमा फेला
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका ७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको ५ दिनपछि भारतमा फेला परेकी छिन ।
पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।
परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो । फेला परेकी लक्ष्मीको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
प्रतिकृया दिनुहोस