प्रदेश सभाको पहिलो निर्वाचित सभामुख बने सानुकुमार श्रेष्ठ

Sanu shrestha

काठमाडौँ । प्रदेश ३ को सभामुखमा एमालेका सांसद सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । काठमाडौं २ क बाट निर्वाचित प्रदेशसभा सदस्य सानुकुमाुखर श्रेष्ठको एक मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

औपचारिक घोषणा भने ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट हुने बताइएको छ ।  श्रेष्ठका प्रस्तावमा माअ‍ोवादी सांसद शालिकराम जमरकट्टेल र समर्थकमा एमाले सांसद रामेश्वर फुयाल रहेका थिए । 

यस प्रदेशमा मुख्यमन्त्री र सभामुदमा वाम गठबन्धनको तर्फबाट एमालेको भागमा परेको थियो । समभामुखको निर्वाचन सकिए लगतै प्रदेश सभा संचालनमा सहजता हुने भएको छ ।

प्रतिकृया दिनुहोस