पारवहनले विशाखापटनम बन्दरगाहमा कार्यालय खोल्ने

Bandargaha 26

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यावस्था कम्पनी लिमिटेड विशाखापटनम बन्दरगाहमा आफ्नो कार्यालय खोल्ने भएको छ ।

२३ माघमा बसेको कम्पनीको ५६० औं संचालक समितिको बैठकले कम्पनीले आफ्नो शाखा कार्यालय विशाखापटनममा खोल्ने निर्णय गरेको हो ।

सो बैठकले विशाखापटनममा कार्यालय खोल्न क्लियरिङ, र फरवाडिङ कार्य गर्ने स्विकृती दिएको छ । अब कम्पनीले तत्काल उक्त बन्दरगाहमा शाखा कार्यालय खोली सबै क्षेत्रबाट आयात निर्यात हुने कन्टेनरको क्लियरिङ तथा फरवाडिङ कार्य संचालन गर्ने सो कम्पनीले जनाएको छ ।

आगामी फागुन पहिलो हप्ताबाट कम्पनीले निजी क्षेत्रबाट हुने आयात निर्यात सामानको पनि विशाखापटनम, कोलकत्ता र हल्दिया बन्दरगाहबाट क्लियरिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले भारतको कोलकोत्ता हल्दिया बन्दरगाहबाट सरकारी तथा सरकारी स्वामित्वमा स्थापित सघं सस्था र आयोजनाहरुबाट आयात हुने सामानको मात्र क्लियरिङ एण्ड अन्डरटेकिङ कार्य गदै आएको थियो ।

आर्थिक विकासमा मेरुदण्डको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापार सुचारु रुपले संचालन गर्न भूपरिवेष्ठित राष्ट्रको लागि पारवहन हक सुविधा अपरिहार्य महशुस गरी नेपाल भारतबीच सन् १९७१ मा पहिलो पटक नेपाल भारत पारवहन तथा व्यापार सन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सोहीअनुसार उक्त सम्झौताको धारा ११ को प्रोटोकलमा व्यावस्था भए अनुसार नेपालले तेस्रो राष्ट्रबाट आयात गरिने सामानहरुको सुरक्षित भण्डारण व्यावस्थापनको निमित्त कोलकत्ता बन्दरगाहभित्रको २५ नं. केपिडि (टप) ए सेड (ऐनेक्स) र एक्सपोर्ट सेड गरी ४ वटा गोदामहरुको संचालन एवमं व्यास्थापन गर्न नेपाल पारवहन तथा गोदाम व्यावस्था कम्पनीको स्थापना भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...