एमालेमा मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै : ओलीले गरेनन् सहमतिको प्रयास

Kp oli

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् ।

मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।

ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास
मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन् ।

उनले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेतासँग बसेर निर्णायक छलफल नगरेका कारण सर्वसम्मत दलको नेता टुंगिने सम्भावना लगभग समाप्त भएको एक नेताले बताए ।

यद्यपि, सचिवालय सचिव प्रदीप ज्ञवालीले सहमति जुटाउन अनौपचारिक प्रयास जारी रहेको जानकारी दिँदै अहिलेसम्म सर्वसम्मतको वातावरण बनिनसकेको बताए । ओलीले आकांक्षीहरू शाक्य, पाण्डे, आचार्य, राईसहित सबै नेतालाई एक्लाएक्लै राखेर एक चरण छलफल गरिसकेका छन् ।  नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...