भारतीय वृद्धको उद्धार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा–४, असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका भारतीय वृद्धको उद्धार गरिएको छ ।

स्थानीयवासीले भारतीय भाषा बोल्ने झण्डै ६० वर्ष पुगेका भारतीय वृद्ध पाँच दिनदेखि घरको भुइँतलामा अचेत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, झलारीबाट प्रहरी नायब निरीक्षक मणि भट्टको नेतृत्वमा पुगेको टोलीले वृद्धलाई उद्धार गरेको हो ।

असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक काठको घरको भुइँतलामा अचेत अवस्थामा रहेका करिब ६० वर्षीय बेवारिसे वृद्धको प्रहरीको सहयोगमा मंगलबार उद्धार गरिएको हो ।

उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वृद्धको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...