राष्ट्रिय सभामा ३२ सिटका लागि ५२ जनाको प्रतिस्पर्धा

Nirwachan ayog

काठमाडौं । राष्ट्रिय सभाको ३२ सदस्यका लागि आज निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभामा ५९ जना रहने व्यवस्था भएकाले राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो ।

सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता(अल्पसंख्यकसहित आठजना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार बुधबार ३२ जना सदस्यका लागि ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ६ प्रदेशमा विभिन्न क्लस्टरबाट ३२ जनाभित्र पर्न ५२ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १ हजार ५ सय ६ र प्रदेशबाट निर्वाचित ५ सय ५० जना प्रदेश सभा सदस्य गरी २ हजार ५६ मतदाता छन् ।

बुधबार निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...