लतिलपुरका ३ ठाउँमा ट्राफिक बत्ती राखिने
ललितपुर । ललितपुर जिल्लामा पहिलोपटक ट्राफिक बत्ती राखिने भएको छ ।
अहिलेसम्म लतिलपुरमा एक ठाउँमा पनि ट्राफिक बत्ति छैन । ट्राफिक बत्ति नहुँदा सडक दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी ललितपुरले जिल्लाो ३ ठाउँमा ट्राफिक बत्ति राख्न लागेको हो ।
ललितपुर महानगरपालिकासँगको सहकार्यमा जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवता स्थानमा ट्राफिक बत्ती राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए ।
तीन ठाउँमा ट्राफिक बत्ती हुँदा थापाथलीको दैनिक हुने जाम कम हुनेछ भने दुर्घटना पनि कम हुनेछ । सडकमा बत्ती हुँदा ट्राफिक प्रहरीको जनशक्ति कम भए पुग्नेछ ।
अहिले ट्रापिक बक्त नहुँदा एकै ठाउँमा ४ जनासम्म ट्राफिक बस्ने गरेका छन् । तर, ट्राफिक बत्ति राख्दा १ जनाले नै ट्राफिकले व्यवस्थापन गर्न सक्छन् । यसअघि जुनसुकै समयमा र तीव्र गतिमा चलाइरहेकामा चालकहरुले भने बत्ती हेरेर गति सीमित गर्नुपर्नेछ ।
ट्राफिक बत्ती जडान भएपछि सडक अनुशासन कायम भई दुर्घटना कम हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस