भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी

कञ्चनपुर । बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ ।

भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले  ४० हजारदेखि ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ ।

भारतीय सुरक्षाकर्मीले व्यापारीलाई सामान ल्याउन नदिँदा राजश्वमा कमी आएको छोटी भन्सार कार्यालयका कर्मचारी वीरसिंह धामीले बताए । केही घरायसी सामान ल्याउन भने भारतीय सुरक्षाकर्मीले छुट दिने गरेका छन् । दैनिक ५ सय देखि १ हजारसम्म राजश्व उठ्ने गरेको धामीले बताए ।

चालू आवको साउन महिनामा ५० हजार, भदौमा ७८ हजार, असोजमा ८४ हजार, कात्तिकमा ६९ हजार, मंसिरमा  ५१ हजार र पुसमा ४८ हजार राजश्व संकलन भएको छ । भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा केही व्यक्तिले भन्सार छल्दै भारतबाट ठूलो मात्रामा सामान भित्र्याउने गरेकाले पनि राजश्व संकलनमा कमी आएको स्थानीय बासिन्दा बताउँछन् ।

नायब सुब्बाको दरबन्दी रहेको उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि भन्सारको कामकाज दुई जाना कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका छन् ।

कार्यालयका संरचना जीर्ण बन्दै काम गर्न समेत कर्मचारीलाई गाह्रो छ । भन्सार कार्यालय सञ्चालनका लागि वर्षौं पहिले निर्माण गरिएका भौतिक संरचनाको संरक्षण र संवद्र्धनको कार्य नगरिँदा जीर्ण बनेका हुन । दुई तले एक र अन्य दुई भवन छोटी भन्सार कार्यालयसँग रहेका छन् । दुई तले भवन वर्षौं पहिले निर्माण भएको भवन जुनसुकै बेला भत्कने अवस्थामा छ ।

भन्सार कार्यालयसँग रहेको चार बिगाहा १७ कट्ठा जग्गा प्रयोगविहीन छ । एक सय वर्षभन्दा पुरानो छोटी भन्सार कार्यालयको स्तरोन्नतिको कार्य गरी भन्सारका रुपमा परिणत गरी भारतसँगको नाका खुलाउनु पर्ने स्थानीय बासिन्दाले जोडदिएका छन् । भारतसँगको बेलौरी नाका खुला गरेमा यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । विसं २०२९ मा बेलौरीबाट जिल्ला सदरमुकाम महेन्द्रनगर सारिएपछि छोटी भन्सार कार्यालयको स्तरोन्नति हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...