चाैतारीको स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण
बाजुरा । प्रगतिशिल र श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसकाे अवसरमा जिल्ला संगठन बाजुराले साेमबार जिल्ला अस्पतालमा रहेका विरामीहरुलार्इ फलफूल वितरण गरेको छ ।
वि.स २०५४ माघ २२ मा स्थपना भएकाे संगठनले माघ २२ गते स्थपना दिवस मनाउदै अाएकाे छ । कार्यक्रमा प्रतिनधि सभा सदस्य लाल बहादुरा थापाले देशमा जुनसुकै परिवर्तन आएपनि सञ्चारकर्मीको सुरक्षामा राज्य संवेदनशील भएको अारोप लगाए । थापाले नेपालमा सबैभन्दा राम्रो व्यवस्था संघीय गणतान्त्रिक मुलुक स्थापना भई संविधानसमेत निर्माण भइसकेको अवस्थामा समेत सञ्चारकर्मी ले सधै असुरक्षित महसुस हुनुपर्ने अवस्था जीवितै बताउदै अब बन्ने वाम गठबन्धनको सरकारले पत्रकारहरुको ब्यवसायिक र भौतिक शुरक्षाकको ग्यारेन्टि गर्ने बताए । उनले पछिल्लो चरणमा गरिएकाे गरिव घरदुरी छनाैटमा हुनेखानेहरू गरिव भएकाे खवरले संचारमाध्यामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य धर्मराज पाध्याय,प्रचार बिभाग प्रमुख अमर खड्का लगायतले मन्तब्य राखेका थिय । कार्यक्रममा कार्यबाहक अध्यक्ष पदम सिहकाे अध्यक्षतामा संचालन गरिएकाे थियो ।
कार्यक्रमकाे प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा रहेका थिए भने कार्यक्रममा नेकपा एमाले प्रचार बिभाग प्रमुख अमर खड्का प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्याय, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र बिश्वकर्मा नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहं लगायत जिल्ला स्थित पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिकृया दिनुहोस