आज राति १२ बजेबाट मौन अवधि सुरु

मौनअवधिमा केके गर्न पाइदैन ? यस्तो छ आचारसंहिता

Nirwachan ayog

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।

माघ २४ गते हुने निर्वाचनको मौन अवधी सुरू भएपछि निर्वाचन सम्पन्न नभएसम्म कुनै पनि प्रकारका चुनावी गतिविधी गर्न पाइँदैन ।

निर्वाचन आयोगले राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने जनाएको छ ।

तर, निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट भने नभएको आयोगले जनाएको छ । आयोगले आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशनरप्रसारण गर्न आग्रह गरेको छ ।

साथै आयोगले मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट पारेको छ ।

आयोगले निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र कारणबश हराएमा वा नष्ट भएमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समाबेश भएका मतदाताहरूको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको जनाएको छ ।

मौनअवधिमा केके गर्न पाइदैन ? यस्तो छ आचारसंहिता
निर्वाचन आचारसंहिता (चौथो संशोधन २०७४) २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू निम्नानुसारका रहेका छन् ।

१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...