प्रदेश बैठक : सांसदका रमितै रमिता, मर्यादापालककै ड्रेसमा मजाक

एजेण्डाभन्दा सांसद सेल्फीमा मस्ती

Baitha 21

काठमाडौं । आइतवार निक्कै तामझामका साथ प्रदेश नं. २, ५, ६ र ७ नम्बरको बैठक बसेको छ ।

कतिपय प्रदेशका बैठकहरुमा एजेण्डाका कुरा उठे । तर, अधिकांस बैठक स्थल सेल्फी स्थलझै बनेको थियो भने प्रदेश नं. २ मा भने मर्यादापालक पनि सामान्य पोशाकमा उपस्थित हुँदा चर्चाको विषय बनेको छ ।

आइतबार प्रदेशसभा २ को पहिलो बैठकमा पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाएका छन् त कोही ज्याकेटमा थिए । महिलाहरु भने कुर्था सुरुवालमा थिए । मर्यादापालक हुन् कि अरु नै कोही हुन् भनेर छुट्टाउन मुस्किल परेको थियो । यद्यपि उनीहरुलाई ‘मर्यादापालक प्रदेश २ जनकपुरधाम’ लेखिएको ब्याच भने दिइएको छ ।

खासगरी संसदीय अभ्यासमा त्यहाँ खटिने मर्यादापालक पनि संसदको सोभा हुन् । सधैं सफा र चिटिक्क परेर संसद परिसरमा खटिने मर्यादापालकहरुलाई त्यो सभाको सुरक्षा मात्र होइन, शोभाका रुपमा समेत लिइन्छ ।

नेपालको संसदीय अभ्यासलाई हेर्दाखेरि पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारीमा कालो कोट लगाउँछन् । प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।

सबैको ध्यान प्रदेश केन्द्रित
प्रदेश नं ७ को धनगढीमा बसेको पहिलो प्रदेशसभा बैठकमा सांसदले आफ्नो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता जनाए । प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको सो बैठकमा प्रदेश नं ७ जलविद्युत, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा ध्यान दिन जोड दिए ।

‘म प्रदेश नं ६ को पहिलो ऐतिहासिक अधिवेशनको प्रथम बैठक शुरु भएको घोषणा गर्दछु’, सभाध्यक्ष ज्येष्ठ सदस्य हिमबहादुर शाहीको यो वाक्य उच्चारणसँगै प्रदेश नं ६ को अधिवेशन बैठक औपचारिक रुपमा शुरु भई सम्पन्न भयो ।

अधिवेशनमा सांसदहरुले प्रदेश नं ६ आर्थिक रुपमा सबैभन्दा कमजोर भएकाले यसको समृद्धि र विकासका पक्षमा एक जुट भएर काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले प्रदेश सूचांकमा पछि देखिएकाले यहाँका प्रशस्त प्राकृतिक सम्पदाको सदुपयोग गरेर समृद्ध बनाउन सकिनेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...