महिलाको प्रतिनिधित्व बढेकोमा खुशी छौं : सांसद उमाकुमारी

Uma 3

धनगढी । उमाकुमारी वादी सासद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै पनि यो प्रवृत्ति पूर्ण रुपमा हटिसकेको छैन । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद बनेर पहिचान बदल्न सफल कैलाली जिल्ला निवासी उमाले भनिन, “समय परिवर्तनले कोल्टे फेर्दै सीमान्तकृत वादी समुदायको व्यक्तिलाई सांसदको जिम्मेवारीमा पु¥याउदा न्याय भएको महसुस भएको छ ।”
उपल्लो भनिएका जातीहरुको घर÷घरमा पुगेर नाचगान गरेर हुने नगद कमाइ र अन्नको जोहो गरेर जीवनयापन गर्नु यो समुदायको दिनचर्या हुने गरेको थियो । यद्यपि अझै पनि यस्तो पवृत्ति र चलन कहिकतै कायमै रहेको पाईन्छ ।

‘अब वादी समुदायको हक हितका लागि प्रदेशसभामा लड्न तयार छु, दशवर्ष अघि काठमाडौँमा भएको वादी आन्दोलनको नेतृत्व गरेकी उमाले भनिन, “सांसदको रुपमा भूमिका निर्वाह गर्दा भने ७ नम्बर प्रदेशको विकास र समृद्धिका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेशसभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचनमार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाएको छ । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत रहेको छ ।

प्रदेशसभा सदस्यमा बझङ जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सांसद देवकी मल्ल महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्दै महिला अधिकार, महिला सशक्तिकरण लगायतका महिलाका मुद्दा सम्बोधन गर्न संसद्मा नीति नियम बनाउन अब सहज हुने बताउँछन् ।

‘राज्यका तहमा महिलाको प्रतिनिधित्व पहिलेको तुलनामा बढ्दा नयाँ र ऐतिहासिक परिवर्तनको अनुभूति भएको छ, प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद मल्लले भने, “अझै पनि महिलाको प्रतिनिधित्व ५०÷५२ प्रतिशतसम्म पु¥याउनुपर्छ र यसका लागि आन्दोलन जरुरी छ ।”

एमालेकी समानुपातिक सांसद सुशीला बुढाथोकीले सांसदको भूमिकामा बस्दा महिला हकअधिकारका कुरालाई सशक्त ढंगले उठाउने बताउँछिन् । “महिला सशक्तिकरणको आवाज उठाउने कुरा त छदैंछ, बुढाथोकीले भनिन्, “जनप्रतिनिधिको रुपमा काम गर्दा सबै जनताको लागि काम गर्नुपर्छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...