सिद्धान्त र विचारका आधारमा एकीकरण : एमाले

Pokhara 19

पोखरा । दुई ठूला कम्युनिष्ट पार्टी एकता हुन्न कि भन्ने शंका भइरहेका एमाले महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रबीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताएका छन् ।

महासचिव पोखरेलले एउटै सिद्धानत भएपछि फरकफरक पार्टी बनाउन नहुने निष्कर्षका साथ दुई पार्टी एक हुन लागेको उनको तर्क थियो ।

नेपाल राष्ट्रिय वाणिज्य संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनमा पोखरेलले एकीकरण सुव्यवस्थित बनाउँदै लैजान विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए ।

‘अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाउने तयारी भइरहेको छ’ उनले भने, ‘सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जान्छ ।’

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गरे । एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याए ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वा्चित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४ सय प्रतिनिधिको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...