सुत्केरी आमा र बच्चाको मृत्यु

Amma

रुकुम । रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा. सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा. राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा. राईको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...