सुर्खेत प्रहरीले ३३ लाखसहित ६ जुवाडे पक्राउ

Juwade

सुर्खेत । सुर्खेत प्रहरीले ३३ लाखसहित ६ जना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा ६ लाख ४९ हजार ५६० नगद र २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले जुवाको खालबाट २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको  १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक समेत बरामद भएका छन् ।

सापकोटाका नामका ग्लोवल आइएमई बैंकको ५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १०–१० लाखका दुई चेक र सानिमा बैंकको १ लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...