किन नेपाल आउँदैछिन सुष्मा स्वराज ?

Susma swaraj

काठमाडौं । नेपालमा चाँडै वामपन्थी सरकार बन्दै छ । नेपालमा नयाँ सरकार बन्न लागेको बेला भारतीय विदेश मन्त्री नेपाल आउने भएकी छन् ।

विहीबार भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको पछिल्लो परिवर्तित अवस्था र नयाँ रणनीति बनाउने गरी दुई दिने भ्रमणमा आउन लागेकी हुन् ।

उनी बेलाबेला नेपाल आउने गर्छिन् । अहिले नयाँ सरकार बन्न लागेको बेला स्वराज नेपाल आउन लागेकाले यसलाई निक्कै महत्वका साथ हेरिएको छ ।

स्वराज नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनका क्रममा तीन वटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतका विदेश मन्त्रीको भ्रमणलाई नेपाल र भारतका जनताले अर्थपूर्ण रुपमा लिएका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भारत र नेपालबीचको उच्चस्तरीय राजनीतिक संवादको निरन्तरताको स्वरुपका रुपमा बाह्य मामिला मन्त्रीको नेपाल भ्रमण हुन लागेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...