तरकारीमा विषादीको अवशेष कम हुँदै

Tarkari1

ललितपुर । देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ ।

नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए ।

साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालन हुन्छन् । सरकारको प्रत्यक्ष सहयोगमा देशभर २७ वटा थोक बजार छन् भने तिनमा नियमित रुपमा विषादीको जाँच हुन्छ ।

‘बाली संरक्षण निर्देशनालयले नियमित रुपमा परीक्षण गरेकाले तरकारीमा विषादीको अवशेष कम हुँदै गएको छ,’ वाग्लेले भने । किसान र उपभोक्तामा चेतनाको स्तर बढेको उनको भनाइ छ । किसानले विषादीको मात्रा विचार गरेर बजार लैजाने गरेका छन् । उपभोक्ताले शंका लाग्दा गुनासो गर्ने गरेका छन् ।

‘सरकारले देशका मुख्य बजारमा विषादी अवशेषको जाँच बढाउँदा किसान र उपभोक्ता जागरुक भएका हुन्,’ उनले भने । सरकारको प्रत्यक्ष सहयोग रहेका थोक बजारमा विषादी अवशेष परीक्षण बाली संरक्षण निर्देशनालयले गर्छ भने अरु व्यवस्थापनको काम कृषि प्रवद्र्धन निर्देशनालयले गर्छ । निजी क्षेत्रबाट सञ्चालित थोक बजारमा पनि सरकारले नियमन गरिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित ठूला थोक बजारको संख्या बढ्दो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...