भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै ६ हजारले दिए निवेदन

Punarnirman

चितवन । भूकम्पले घर भत्काएको तर लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै ५ हजार ७२४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् ।

कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३६४ वटा र रत्ननगर नगरपालिकाबाट ९८७ निवेदन प्राप्त भएका हुन् ।

यस्तै खैरहनी नगरपालिकाबाट ५२७, राप्ती नगरपालिकाबाट ९२२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७८० र इच्छाकामना गाउँपालिकाबाट १ हजार १२९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले जानकारी दिए ।

उनका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा ७ हजार ३३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो ।

सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै ७ हजार हाराहारी पुग्ने अनुमान छ ।

छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने कार्कीले बताए । शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता ५ हजार ३२३ जनाले लिइसकेका छन् ।

दोस्रो किस्ताका लागि १९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख दिने व्यवस्था छ ।मर्मतका लागि भने ३५९ घरले ५० हजार लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५९३ छन् । उनीहरुले १ लाखसम्म मर्मतका लागि पाउने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...