देशभर सहिद दिवस मनाइँदै

Sahid diwas

काठमाडौं । मंगलबार देशभर सहिद दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सहिद दिवसका अवसरमा काठमाडौंमा प्रभावफेरि गरिएको छ ।

बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरि प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो । कार्यक्रममा रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतको सहभागिता थियो ।

सहिद दिवसका अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरे ।

विसं १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, माथेमालाई सिफलमा तथा माघ १३ गते र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो ।

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।

यता पर्वतमा शहीद दिवसका अवसरमा आज बिहानै शहीदको सम्झना गरिएको छ । २०६२÷६३ को जनान्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरियो ।

स्थानीय एकता युवा क्लबको आयोजनामा भएको सभामा स्थानीय सामाजिक व्यक्तिले सरकारले पछिल्लो समय जस्तोसुकै व्यक्तिलाई पनि शहीद घोषणा गरेर मुलुकका लागि योगदान गर्नेहरुको अपमान गरेको आरोप लगाए ।

शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।

श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष रघुनाथ कुलाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले फूलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरे ।

यता, धनकुटामा पनि सहिद दिवस मनाइएको छ । धनकुटा बसपार्कमा रहेको सहिद स्मारकमा प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई लगायतले सो सालिकमा माल्याणपण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...