फेरि उठ्यो मन्त्री परिषदमा धनकुटालाई राजधानी बनाउने विषय

Dhankuta

काठमाडौं । मन्त्री परिषद्मा धनकुटालाई एक नम्वर प्रदेशको राजधानी बनाउने विषयमा फेरि कुरा उठेको छ ।

सोमबार बसेको मन्त्री परिषदको बैठकमा उद्योग मन्त्री सुनीलबहादुर थापाले धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन पुनः विचार गर्ने प्रस्ताव लगेका थिए ।

मन्त्री थापाको प्रस्तावलाई स्वीकार गर्दै मन्त्री परिषदको बैठकले अघिल्लो पटक सहरी विकास मन्त्रालयले गरेको भौतिक संरचनाको अवस्थाको अध्ययनलाई अपूरो मान्दै मुख्य सचिव लोकदर्शन रेग्मीलाई पुनः भौतिक संरचनाको मुल्यांकन गर्न जिम्मेवारी दिएको छ ।

सोही जिम्मेवारी अनुसार मुख्य सचिव रेग्मीले प्रदेश नं. १ का प्रमुख वा अन्यलाई धनकुटामा रहेका भौतिक संरचनाको अध्ययन गर्न दिन सक्ने उद्योग मन्त्री थापाका स्वकीय सचिव मदन घिमिरेले बताए ।

यसअघि धनकुटाबाट काठमाडौंमा आएर प्रदेशको राजधानी बनाउन बनेको दवाव समितिले प्रधानमन्त्री, १ नं. प्रदेशका प्रदेश प्रमुख गोविन्द सुव्बा, सरकारमा मुख्य सचिव लगायतलाई विभिन्न माग पेश गरेको थियो ।

मुख्यगरी धनकुटामा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार, धनकुटामा भएका भौतिक संरचनाहरुको पुनः अध्ययन गरी सही प्रतिवेदन बनाइनुपर्ने लगायतका माग राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...