अदालतले दोषी ठहर गरेको अपराधी प्रहरीको संरक्षणमा,पीडितले गरे यस्तो याचना

Prakash mishra (3)


काठमाडौं । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् ।

आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् ।

आईबार रिपोर्टर्स क्लब नेपालमा मिश्रले पत्रकार सम्मेलन गरेर जिल्ला अदालत धनुषाले पुस ७ गते ज्यान मार्ने अभियोगमा पक्राउ गर्न आदेश दिएको दोषी जीवनाथ चौधरी खुलेआम हिँड्ने र आफलाई अझै धम्की दिइरहने गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनको आरोप छ ।

गत मंसिर २ गते राती १० बजे जीवनाथ चौधरीको नेतृत्वले प्रकाश मिश्रमाथि सांघातिक आक्रमण गरेका थिए । पीडित मिश्रले भने, ‘मेरो जीवन अझैपनि खतरामा छ, प्रहरी प्रशासन अपराधीसँग घाटी जोडिरहेको छ, प्रहरी प्रशासनबाट सुरक्षा र न्याय नपाएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको हुँ ।’

उनले भने, ‘म मात्रै होईन मेरो घर परिवारलाई समेत आतंकित पार्ने, ज्यान मार्ने अपहरण गर्ने धम्की दिदै आएको छ, त्यस्तो व्यक्ति खुलम खुल्ला हिँडिरहेको छ, जसलाई अदालतले दोषी ठहर गरेको छ, पक्राउन गर्न आदेश दिएको छ, तर प्रहरी प्रशासन उनै दोषीसँग उठबस गरिहरको छ, यस्तो स्थितिमा मैले कुन निकायबाट न्याय पाउने ?’

पीडक भनिएका जीवनाथ चौधरीलाई विषेश अदालत काठमाडौंलेसमेत भष्टाचारी ठहर गरेर ४ महिना कैदसँगै ४ लाख रुपैया जरिवाना तोकेको बताउँदै पीडित मिश्रले भने, ‘उ एक भष्ट्रचारी हो, मैले भष्ट्रचारको बिरोध गरे, गुठिको जग्गा खरिद विक्री गर्न पाईदैन भनेँ, त्यसपछि झन मलाई ताकेर आक्रमण गर्ने, परिवारलाई मार्ने अपहरण गर्ने धम्कि दिन थाल्यो ।’

उनले अघि थपे, ‘मंसिर २ गते मेरो पेटमा छुरा हानेर घाईते बनायो, गुण्डाहरु लगाएर मार भन्यो, परेको आफु म बेहोर्छु भन्यो । केही मान्छे लगाएर मराणाशन्न हुने गरी कुटे । म बेहोस भईसकेपछि प्रहरीले मलाई नर्भिक अन्तराष्ट्रिय अस्पताल लग्यो । उपचार भयो ।

“धन्नै भाग्यले बाँचियो । उपचारका क्रममा १० लाख जति रुपैया खर्च भएको छ, मेरो एउटै माग दोषीउपर कानुन बमोजिम कारबाही हुनुपर्यो ।” मिश्रले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...