चमेलिया जलविद्युतसंग सम्झाैता गरेर तिव्र गतिकाे ईन्टरनेट सेवा दिने तयारी

Bajura

बाजुरा । जिल्लामा २ महिना पछि तिव्र गतिकाे ईन्टरनेट सेवा संचालन हुने भएकाे छ ।  नेपाल टेलिकमले अप्टिकल फाईबर बिस्तार गरिरहेकाेले डेढ महिना देखि २ महिना भित्र जिल्लामा तिव्र गतिमा ईन्टरनेट र नेपाल टेलिकमका सेवाहरू बिस्तार गरिने नेपाल टेलिकम दुरसचार कार्यालय बाजुराका प्रमुख माधव प्रसाद जाेशीले बताए ।

चमेलिया जलविद्युत संग डडेलधुरामा सम्झाैता हुन बाकी रहेकाे सम्झौता पश्चात टेलिकमकाे रेडियो स्थपाना गरि बाजुरामा फाष्ट ईन्टरनेट सेवा दिने बताएका छन । जिल्लामा ईन्टरनेट ढिला चल्नुकाे कारण अप्टिकल लाईन टाढा हुनु र जिल्लामा क्षेमता भन्दा बढि सेवाग्राही भएकाेले एडिएयसएल सेवामा समस्या अाएकाे टेलिकम शाखा प्रमुख जाेशीले बताउनु भयाे ।

अहिले जिल्लामा पानिकाे मुहानमा २५ एमएम काे पाईप लाईन र घरकाे धारामा ५० एमएमकाे पाईपलाईन दिए जस्तै बाजुराकाे ईन्टरनेट भएकाे बताए । हाल जिल्लामा ५० एमबि डाटा मात्र पाएकाे र सेवाग्राहीलाई बितरण गर्दा केवीमा गएकाेले बाजुरा जिल्लाकाे ईन्टरनेट सेवा एकदम कम क्षेमतामा चलेकाे बताएका छन ।

अहिले जिल्लामा अाईपी बेशमा लाईन बिस्तार गरिएकाेले काेल्टी बजारमा ८५ लाईन र मार्तडी बजारमा १ सय ९५ लाईन बिस्तार गरिएकाेले टेलिकमले धान्न नसेका कारण सुस्त गतिमा ईन्टरनेट चलेकाे बताए । नेपाल टेलिकमले १० टावरबाट सेवा प्रदान गरिरहेकाे २ टावर निर्माण गरिरहेकाे छ भने काेल्टी र मार्तडी गरि ३ टावरबाट थ्रि जि सेवा संचालन रहेकाे र छताराकाे सिडिएमए र हुनिकाेट टावर वाट टु जि सेवा संचालन गरिएकाे बताएका छन ।

निर्माणधिन २ टावरकाे जिम्मा चिनियाँ वाई कम्पनिले जिम्मा लिएकाे र छिट्टै सेवा संचालन गरिने बताए । निर्माणाधीन रहेका टावर जयबागेश्वरी र दहकाेटकाे दुर्गालीमा रहेकाे बताएका छन । जिल्लामा ती दुई टावर निर्माण भए पछि जिल्लाभर सेवा पुग्ने भएकाे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...