बिजयी सांसदलाई धनकुटामा स्वागत सम्मान

Dhankuta

धनकुटा । समानुपातिक तर्फकी प्रदेश सभाकि सांसद कुसुम श्रेष्ठलाई धनकुटा जिल्लामा माओवादी केन्द्र धनकुटाले स्वागत सम्मान गरेको छ ।

नेपालको संविधान २०७२ कार्यान्वयनमा आईसकेपछि २०७४ को संघिय र प्रादेशिक निर्वाचनमा धनकुटा बाट प्रतिनिधिसभाका लागि बामगठबन्धनका तर्फबाट राजेन्द्र राई बिजयी भएकी छन् । यस्तै समानुपातितकका तर्फबाट लोकतान्त्रिक गठबन्धनकी लिला सुब्बा परेकी छन् ।

प्रदेशसभाका लागि बामगठबन्धनका तर्फबाट ईन्द्रमणि पराजुलि र निरन राई प्रत्यक्ष निर्वाचन तर्फबाट विजयी भएका छनख् । यसैगरि समानुपातिक तर्फबाट एक नम्बर प्रदेशको प्रादेशिक सभाका लागि बामगठबन्धनकै माओवादी केन्द्रबाट महिला नेत्रि कुसुमकुमारी श्रेष्ठ (जुलि) परेकी छन् । भने अन्य सांसदहरुमा लोकतान्त्रिक गठबन्धनका आर्सी तुम्बा संघिय समाजवादी फोरमका तर्फबाट र बामगठबन्धनका बिना राई नेकपा एमालेका तर्फबाट परेका छन् ।

२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा धनकुटाका दुई वटै निर्वाचन क्षेत्रबाट माओवादी पार्टीका स्वर्गीय हरिराज खेवा र हेमराज भण्डारी कमरेट सुर्दशनले विजय हासिल गरेका थिए भने दोस्रो संविधानसभा २०७० को निर्वाचनमा राप्रपा प्रजातान्त्रिक पार्टीकातर्फबाट सुनिलबहादुर थापा र नेकपा एमाल पार्टीका तर्फबाट टिकाराम चेम्जुङ्ग विजयी भएका थिए ।

नेकपा माओवादी केन्द्रकी प्रदेश नम्वर एकको प्रदेशसभा समानुपातिक तर्फकी सांसद कुसुमकुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट शनिबार धनकुटामा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।

माघ ५ गते प्रमाणपत्र बुझी, ७ गते सफत खाएसकेकी सांसद कुसुमको आफ्नो पदका साथ साथै जिम्मेवारी पनि बढेको हुनाले पार्टीलाई अगाडिलाने कुरामा आफु चिन्तत हुदै लागि पर्ने बताए । पनि जनयुद्धमा हुमिएकाहरुलाई आदार सम्मान गर्दै पार्टीमा लगातार लागेर विश्राम नलिई दिएको जिम्मेवारी अनबरत रुपमा निभाउदै आईरहेको र पाएको जिम्मेवारिलाई पुर्ण रुपमा आफ्नो कर्तव्य संझि आफुले भुमिका निर्वाहा गर्ने प्रतिबद्धता व्याक्त गरे ।

उनलाई सम्मान पत्रप्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले बताए । सम्मान कार्याक्रममा आफ्नो विचार राख्ने सिलसिलामा सम्मानित भएपछि बोल्दै सांसद श्रेष्ठले पार्टीले ठूलो जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न लागि पर्ने बताउदै पाटिमा प्रबेश गर्नु पर्वदेखिनै कसैसंग पनि ठुलो स्वरले नबोलेको र सबैसंग राम्रो व्याबहार गरेको हुनाले नै अहिले यो सम्मान पाएकोमा खुसि व्याक्त गरे ।

समाजमा पिछडिएको वर्गको हितमा सानै उमेर देखि पैरवि गर्दै आकी जुझारु नेत्रिकुसुम विद्यार्थी जिवन देखि नै अखिल नेपाल स्वतन्त्र युनियनमा रहेर काम गर्दै आएकी हुन् । विद्यर्थी राजनिति हुदै खेलकुदको माध्यमबाट समाज सेवामा लागि परेकी हुन् । जिल्ला कमिटि हुदै जन वर्गीय समिति तर्फ अखिल नेपाल खेलकुद महासंघको सदस्य, साथै खेलकुदको एक नम्बर प्रदेशको ईन्चार्जमा रहदै हाल केन्द्रिय उपाध्यक्षका साथै राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा रही ४ बर्षको कार्यकाल बिताई सकेकी कुसुम माओवादी केन्द्रका तर्फबाट १ नम्वर प्रदेशसभा समानुपातिक सांसद पदमा पर्न सफल भएको हो ।

धनकुटाका समाजिक संघसंस्थामा रहेर २०५६ सालदेखि निरन्तर कार्यरत कुसुम आफ्नो समाजिक संघ संस्थामा र राजनितिक क्षेत्रको अनुभव र भोगाईलाई आगामि दिनमा धनकुटाको जनताको सेवा र विकासका लागि समर्पित रहने उक्त सम्मानको अवसरमा बताए ।

प्रादेशिक राजधानि बनाउनका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने बताए ।  पाटिको सम्मान कार्यक्रममा सहभागिहरुले उनँको सफल कार्यकालको सुभकामना  व्याक्त गर्दै बधाई दिए । प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसद श्रेष्ठ नेकपा माओवादी केन्द्र धनकुटाको जिल्ला संगठन समिति सदस्य तथा अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका थिए ।

२०५१ सालमा झापाको ५ गाछिमा रहेको त्रिभुवन मावि बाट एसएलसीउर्तिण गरेकी कुसुमले २०५३ सालमा धनकुटा बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययनका साथै २०५६ सालदेखि विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा क्रियासिल रहेको कुसुम अहिले सांसद भएकी छन् ।









प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...