नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

Muglin

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी साधन रोकेर काम गरिने भएको छ ।  शनीबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइने सडक आयोजनाले जनाएको छ ।

ट्राफिक प्रहरीले भने बिहान ९ बजेदेखि नै गाडी चल्न रोक लगाउने तयारी गरेको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो ।

सडक विस्तारका क्रममा चट्टान काट्नेलगायत जोखिमपूर्ण काम हुने भएकाले गाडी रोक्नुपरेको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।

नारायणगढबाट छिर्ने यात्रुबाहक गाडीलाई दासखोला पुल अगाडि, मालबाहक गाडीलाई भतेरी जंगलमा मुग्लिन हुँदै छिर्ने यात्रुबाहक बसलाइ मुग्लिन बजार र बेनीटारमा तथा मालबाहक गाडीलाई लेबारटार आँबुखैरेनीमा रोकिने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

आउँदो चैतसम्म काम सक्ने आयोजनाले बताए पनि निर्माण कम्पनीले सडक निर्माणको काम पूरा हुन नसक्ने बताउँदै आएको छ । सडक विस्तार पूरा नहुँदा यात्रुले २४ घण्टासम्म जाममा बस्नुपर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...