महिला र पुरुषलाई ज्याला समान गर्न माग

Jyaalaa

बनेपा । कृषि क्षेत्रमा पाउने पारिश्रमिक महिला तथा पुरुषलाई समान गर्न महिलाले माग गरेका छन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको औँल्याए ।

उग्रचण्डीनालाकी भावना बजगार्इंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि पारिश्रमिकमा विभेद भएको गुनासो गरे । उनले महिलालाई कृषिमा आधारित काममा ४८० मात्रै दिइएको र पुरुषलाई ८ सय दिएको जानकारी दिँदै समान ज्यालाका लागि सबै महिला एक हुनुपर्ने बताइन ।

उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताइन । बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी दिँदै ज्यालामा असमानता सबै क्षेत्रमा रहेको बताए । कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...