बहुगुणी बेल जंगलमा खेर जाँदै

Bel

कञ्चनपुर । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ ।

चुरे क्षेत्रका वनमा जताततै पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।

चुरे क्षेत्रमा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जंगली जनावरको आहाराको रुपमा प्रयोग हुँदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा स्थानीयवासी सुरत साउद बताउँछन् ।

“सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ” उनले भने । जुनसुकै ठाउँमा पनी बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उनको भनाइ छ । आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।

बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिर्वाय चढाउनु पर्ने चलन छ । बेलको महत्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्निपुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

झलारीस्थित आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशी बेल पेट दुखेका बेला, आउँ परेका बेला, पित्त रोगको संक्रमण भएमा, झाडापखाला लागेमा, अजीर्ण भएमा, दमको रोग भएमा, दाँतको गिजाको रोग लागेमा, बान्ता रोक्न र रुघा खोकी लागेमा औषधिका रुपमा प्रयोग हुने गरेको बताउँछन् ।

फल झाडापखाला, आउँ, पाकेको फल कब्जियत निको पार्न, पात, फल जरा मधुमेहको रोग निको पार्न प्रयोग गरिन्छ । बेल औषधिका रुपमा र धार्मिकरुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...