झरी र हिमपातसगै चिसो बढ्यो

Img

काठमाडौँ । उपत्यकासहित देशभरी नै आज चिसो बढेको छ । बिहीबार पानी परेपछि देशभरी नै आज न्यूनतम तापक्रम घटेर चिसो बढेको छ ।

केही दिन अघिसम्म ६ डिग्रीसम्म पुगेको काठमाडौँको न्यूनतम तापक्रमम बिहान २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

पानी परेकाले एक दुई दिन चिसो भएपनि बिस्तारै न्यूनतम तापक्रम बढ्ने उनले बताए । गएको २४ घण्टामा सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव ५ मिलिमिटर पानी परेको छ ।

काठमाडौँमा ६ दशमलव १ मिलिमिटर पानी परेको छ । तर यो पानी हिँउदे वर्षाको लागि पर्याप्त भने नभएको मौसमविद् रिमालले बताए ।

हिजो पानी पारेको मौसमी प्रणाली नेपालबाट बाहिर गैसकेकाले आज देशभरीकै मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् । उच्च हिमाली भेगमा भने आज पनि हिमपातको संभावना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...