ठगी गर्ने समूह पक्राउ

Arestat

लुम्बिनी । भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताए । उक्त समूह ८ हजारदेखि ३ लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौँ रकम असुलेको निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट १ करोड ५२ लाख बिगो माग गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...