मानसिकता फराकिलो बनाउन ढकालको आग्रह

Eknath dhakal

काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले युवाहरुको मानसिकता फराकिलो हुनुपर्ने बताएका छन् ।

एफएफडब्लुपीयु नेपालले आयोजना गरेको २१ दिने तालिमको समापनमा मन्त्री ढकालले निराश र नकारात्मक सोचका युवाहरुबाट देशले केही पाउन नसक्ने बताए । उनले देशका लागि केही गर्न पनि युवाहरुले सकारात्मक रुपमा सोच्न, सार्बजनिक चिन्तन गर्न, अनुशासित र संयम हुन जरुरी भएको बताए ।

नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकालले राज्य संयन्त्रमा दक्ष, सक्षम, कुसल र इमान्दार युवाहरुको खाँचो रहेको औल्याए । उनले विश्वका सफल र अनुकरणीय नेतृत्वहरुबाट सिक्न र उत्प्रेरित हुन पनि युवाहरुलाई आग्रह गरे ।

कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेल, काशिनाथ खनाल लगायतले सहभागीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...