ज्यालामा ठगिँदै महिला

Koplan

पाल्पा । काम र सीप हुँदाहुँदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ ।

दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान ९ बजेदेखि साँभ ५ बजेसम्म घर बनाउने काम गर्छन र ५ सय लिन्छन् ।

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्छन तर उनले पुरुषको तुलनामा ३ सय कम ज्याला लिन्छन् । उनीसँगै काम गर्ने पुरुष मजदुरले ८ सय ज्याला बुझ्दा कुमालले ५ समयमा चित्त बुझाउनु पर्छ ।

काम र सीप अनुसार समान ज्याला दिँदै आएको निर्माण व्यवसायी मनबहादुर लामा बताउँछन् । मजदुरलाई दिनमा ८ घण्टा काम गरेबापत एक दिनको न्यूनतम ५ सयदेखि बढीमा ८ सयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ ।

धनमाया दरैले भने ८ घण्टासम्म मजदुरी गरेर दिनमा ४ सय ज्याला पाएको बताइन । उनले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत पाएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...