ट्राफिक नियम उल्घन्न गर्नेे ट्याक्टर चालक ट्राफिकको फन्दामा

Tr

कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागी आज जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले ओभरलोड ट्रयाक्टरहरु,बालुवा बोक्ने ट्रयाक्टरहरु सडकमा अत्यधिक मात्रामा पानी चुहाउने ट्रलीमा ढाला थप गर्ने ट्रयाक्टर तथा सवारी साधनमा टल्कने स्टिकर राख्ने, अभियानअन्र्तगत कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा जिल्ला प्रशासन कार्यालय अगाडी ट्रयाक्टर सवारी चालकहरुलाई सचेत गराईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक अमर बहादुर कार्कीको अगुवाईमा जिल्ला प्रशासन नजिकै चेकजाँच गरेका हुन । प्राय ट्याक्टरमा जडित ढालामा पछाडि लाइट नहुने र तेसैमाथि ओभर लोड हुने भएकाले पछाडिबाट आउने सवारी साधन बढी ठोक्किनसक्ने भएकाले ट्याक्टरबाट रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरिएपनि चालकहरुको लापर्वाहिले ओभर लोड बोकेकोले नियमित चेक जाँच गरिएकोे कार्कीले बताए ।

जाडोको बेला रातीमा तथा बिहानीमा लाग्ने बाक्लो हुस्सुका कारण विभिन्न सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ट्राफिकले सो अभियान संचालन गरेको हो । उनको अनुसार सडक तथा विभिन्न चेक प्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी बाँकी ट्रयाक्टरहरुमा स्टिकर लगाउन सम्बन्धित चालक व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ ।

दुर्घटना न्यूनीकरणमा रिफ्लेक्टर स्टिकरको महत्वपूर्ण भूमिका भएकाले यो अभियान निरन्तरता दिने उनले बताए । स्टिकर नराख्ने , उच्च आवाजमा गीत बजाई सडकमा गुड्ने ट्याक्टरलाई समेत कारवाही प्रक्रिया अघि बढाइएको उनको भनाई छ । पछिल्लो केहि दिनमा कपिलवस्तुमा ट्याक्टरले गर्दा ३ जना भन्दा बढिको ज्यान समेत गएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...