सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु ,३० घाइते

काठमाडौँ । सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको हो । घटनामा ३० जना घाईते भएको बताइएको छ ।
रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस