धनकुटाबासीको आन्दोलनका कारण पहाडी ४ जिल्ला प्रभावित 

Dhankuta 8

धनकुटा । धनकुटा बासिहरुको आन्दोलनका कारण कोशि अञ्चलका पहाडी ४ जिल्लाहरु प्रभावित भएका छन् ।

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटाबासीले गरेको आन्दोलनका कारण अन्य छिमेकी जिल्लासंगै भोजपुर, तेह्रथुम, संखुवासभाबासी समेत मारमा परेका छन् ।

प्रदर्शनकारीले सरकारी कार्यालय, सवारी साधन, बजारमा तोडफोड र आगजनी गरे पछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू लगाएको छ । बिहीबार बिहान धरान र भोजपुरबाट छुटेका बसलाई भने विहिबार राती स्कटिङ गरेर गन्तब्यमा पु¥याइएको थियो ।

त्यसपछि धरान धनकुटा हुदै भोजपुर, तेह्थुम, संखुवासभा जाने यातायातहरु संन्चालनमान आउदा स्थानियबासिहरु मारमा परेका छन् । निशेधाज्ञा (कफ्र्यू)का कारण भोजपुरबाट धरानका लागि कुनै पनि बस संचालनमा नआएको संयुक्त बस व्यवसायी संघ भोजपुरले जनाएको छ ।

३७औ दिनदेखि धनकुटालाई प्रदेशको राजधानी माग गर्दै गरेको आन्दोलनका कारण भोजपुरका यातायातका साधन सहज रुपमा आवतजावत गर्न नसक्दा यात्रुहरु मारमा परेका छन् ।
राति स्कटिङ्ग गरेर गाडिहरु गन्तब्यमा पठाईएको हुनाले दिउसो गाडि चल्दैनन् राति मात्र गाडिचल्छन् भन्ने भावना स्थानियबासिहरुमा जागेको छ ।

आवश्यक उपभोग्य वस्तुहरुको लागि लामोबाटो राति राति हिड्नु पर्ने बाध्यताकका बाबजुद्ध पनि राति राति हिडेर भएपनि आवश्यकता केहि मात्रामा पुरा गरेका गोरखापत्र भोजपुर समाचारदाता मनिता खिम्दुङले जानकारी दिइन ।

खाद्यान्यको अभाव हुनुका साथै उपचारबाट बन्चित समेत भएका छन् । भोजपुर, तेह्रथुम, संखुवासभा जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीहरु बाहिरि अन्य (धरान, विराटनगर, काठमाडौँलगायतका)जिल्लामा गएर उपचार गराउन नसकि सामान्य उपचार गरी जिवनयापन गरिरहेका तेह्रथुम जिल्लाका जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
बाहिरी जिल्ला जान कोशी राजमार्ग अन्तर्गत पर्ने धनकुटा बन्दले जनजीवन प्रभावित बनेको हँदा पहाडी ४ वटै जिल्ला प्रभावित बनेको तेह्रथुम जिल्लाका जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी बेदनिधिखनालले बताए ।

किसानहरुले लगाएको नगदेबालिलाई समेत बन्दले प्रभावित बनाएका कारण सबै साग सब्जि बिक्री गर्न बाहिरि जिल्लामा लैजानन सक्दा किसान समेत घाटामा गएकोजानुका साथै स्थानिय स्तरमामात्रबिक्रि गर्नुपर्ने हँुदाकतिपयको त बारिमै कुहिएर रहेको स्थानियबासिहरुले बताएको स्थानियप्रशासन संखुवासभाले जानकारि दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...