मोदीले दिए ओलीलाई यस्तो बधाई

Oli modi

काठमाडौं । अघिल्लोपटक प्रधानमन्त्री भएको बेला नाकाबन्दी गरेर गलाउन खोजेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुप फेरिएको छ ।

मोदीले नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गलाउन भनेर लामो समय नाकाबन्दी नै गरे । तर, अहिले वाम गठबन्धनको सरकार बन्न लागेका बेला मोदीले नयाँ प्रधानमन्त्री बन्न लागेकोमा बधाई दिएका छन् ।

मोदीले आइतावार ओलीलाई नेपालको प्रधानमन्त्री बन्न लागेकोमा टेलिफोन गरेर बधाई दिएका छन् । मोदीले ओलीसँगको टेलिफोन वार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना समेत दिएका थिए ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना पनि आदानप्रदान भएको छ ।’

‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ’, संयोजक अधिकारीले भने, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...