राष्ट्रिय झण्डावाल गाडीमा मन्त्री सररर, पार्टी कार्यालयमा कालो झण्डा फररर

Rpp dkt

धनकुटा । प्रदेश नं. १ को राजधानी माग्दै धनकुटामा ३९ दिनदेखि आन्दोलन भइरहेको छ । प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलनका सबै राजनीतिक पार्टी लागेका छन् ।

यतिसम्मकी यही मन्त्रिमण्डलमा मन्त्री रहेका सुनीलबहादुर थापाको गृहजिल्ला धनकुटामा रहेको पार्टी कार्यालयमा कालो झण्डा फरफराउन थालेको छ ।

उद्योग मन्त्री नै सहभागी भएको क्याविनेटले सोमबार विराटनगरलाई प्रदेश नं. १ को अस्थायी राजधानी तोकेको थियो । धनकुटालाई प्रदेश राजधानी माग गर्दै धनकुटेली जनता आन्दोलनमा रहेका बेला सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगर बनाएपछि त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले धनकुटास्थित पार्टी कार्यालयमा कालो झण्डा गाडेको छ ।

मन्त्री नै क्याविनेटमा रहँदा धनकुटालाई प्रदेशको मुकाम नबनाइएपछि थापा नै महामन्त्री भएको पार्टी राप्रपा प्रजातान्त्रिकले धनकुटामा विरोधस्वरुप पार्टी कार्यालयमा कालो झण्डा गाडेको हो ।

आइतवार दिउँसो माथिल्लो कोप्चेस्थित पार्टी कार्यालयमा जिल्ला कार्य समितिका उपाध्यक्ष टीकाप्रसाद घिमिरे, धनकुटा नगर कार्य समितिका उपाध्यक्ष मीनबहादुर कार्कीसहितका कार्यकर्ता भेला भएर कालो झण्डा गाडेका हुन् ।

‘जिल्लामा आन्दोलन चर्किएको थाहा पाउँदा पाउँदै प्रदेश मुकाम अन्यत्र घोषणा गरिएपछि त्यसको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा गाडेका हौं’ नगर उपाध्यक्ष कार्कीले भने, ‘सरकारले गरेको गलत निर्णय नसच्याएसम्म कालो झण्डा राखिरहन्छौं ।’

यसअघि शनिबार नेपाली कांग्रेस धनकुटाले पनि पार्टी कार्यालयमा कालो झण्डा राखेको थियो ।

प्रदेश राजधानी माग्दै आन्दोलन सुरु भएको आज ३७ औं दिन भइसक्यो । सरकारले सोमबार प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन उग्र बन्यो ।

मंगलबार क्षेत्रीय प्रशाषन कार्यालय सहितका आधा दर्जन सरकारी कार्यालयमा तोडफोड गरिएपछि मंगलबाद विहान साँढे ११ बजेदेखि लागेको कफर्यु अझै हटेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...