धनकुटामा विहीबारे ताण्डव, एकैछिनमा ३० लाख स्वाहा
धनकुटा । प्रादेशिक राजधानीको माग गर्दै धनकुटमा भएको आन्दोलनमा झण्डै ३० लाख क्षति भएको छ ।
प्रदेश नं. १ को अस्थायी मुकाम माग गर्दै धनकुटामा लामो समयदेखि आन्दोलन जारी छ । आन्दोलनको ३३ औं दिनको दिन बिहीबार विभिन्न सरकारी कार्यालय तोडफोड हुँदा करिव ३० लाखको क्षति भएको छ ।
सबैभन्दा बढी क्षेत्रीय प्रशाषन कार्यालयमा क्षति भएको छ । आन्दोलनकारीले विहीबार सो कार्यालयमा आगो लगाएका थिए । क्षेत्रीय प्रशाषन कार्यालयमा २० लाख क्षती भएको जिल्ला प्रशाषन कार्यालयले जनाएको छ ।
यहाँ २ थान कम्प्युटर, १ थान डेक्सटप, १ थान पिन्टर, २ थान आईपिफोन, २ थान एसि, १ थान स्केनर, ४ वटा टेबल, १२ वटा कुर्सी र हेलो सरकारको कोठा आगोले ध्वास्त भएको थियो ।
त्यसैगरी बिहीबार आन्दोनकारीले एम्बुलेन्स र दमकलमा पनि तोडफोड गरेका थिए । धनकुटा नगरपालिकाको दमकल र एम्बुलेन्समा २ लाख क्षति भएको छ । शहरी विकास कार्यालयमा ४ लाख, प्रहरीको गाडीमा ७५ हजार र अन्य सरकारी कार्यालयका सिसा फ्ट्दा २९ लाख ७५ हजार क्षति भएको प्रमुख जिल्ला अधिकार प्रेमप्रकास उप्रेतीले बताए ।
प्रतिकृया दिनुहोस