प्रदेश राजधानी : डोटीको आन्दोलन उग्र बन्दै
डोटी । प्रादेशीक राजधानी माग गर्दै डोटीमा भएको आन्दोलन उग्र बन्दै गएको छ ।
आन्दोलनका क्रममा शुक्रबार प्रहरीले दर्जनौपटक अश्रुग्यास प्रहरा गरेको छ । ठाउँठाउँ प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट नेकपा एमाले जिल्ला अध्यक्ष चक्र मल्लको टाउँको फुटेको छ । उनको शरीरमा पनि चोटपटक लागेको छ ।
त्यसैगरी दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासी र सायल गाउँपालिकाका उपाध्यक्ष विष्णा सिंह पनि घाइते भएका छन् । प्रहरीको कुटाईबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन जोशी, नेविसंघका केन्द्रीय सदस्य विजयराज ओझा, सुरेन्द्र केसी, दीपा श्रेष्ठ लगायत दर्जनौ आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरीले डोटेली आवाज दैनिक पत्रिकाको कार्यालयमा प्रवेश गरेर तोडफोड गरी पत्रिकाको कार्यालयमा बसिरहेका पत्रकार भूमीराज जोशीलाई लाठी प्रहार गरेको छ ।
प्रहरीको कुटाइबाट जिल्ला कृषि विकास कार्यालयको भवन निर्माण गर्ने मजदुरसमेत घाइते भएका छन् । सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि विहीबार भएको आन्दोलनमा भरत विक, नरी भण्डारी, नारायण खड्कालगायत घाइते भएका थिए । उनीहरुकने धनगढिमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस