गरिवको झुपडिमा, साथी फाउण्डेसन
सुनसरी । बर्सेनीका ९ जना भाल्टाङभुल्टुङ नदीले छोडेको बालुवामा सानो सन्ठीले बारेको झुप्री पेटभरी खान र लालाबालालाई खुवाउनको लागि आम्दानीको कुनै मेलोमेसो छैन ।
धेरै पटक सुत्केरी हुनेक्रममा डाक्टरद्धारा गरिएको सफल अप्रेसन पनि बालकुमारी रसाईलीको ज्यानले म्यानेज गर्न नसकेर हृदय नै रसाउने गरि थला परिन ।
चरम गरिवीले खान लाउन समस्या,घरभरी लालाबाला त्यसमाथि उपचार गर्नै नसक्ने गरि श्रीमती थलापरेपछि अभाव झेल्न नसकेर हृष्ठपुष्ट लोग्ने पदमबहादुर बिश्वकर्मा(रसाईली)ले आत्महत्या गरेको १ बर्ष पुगेको छैन ।
दिसापिसाब हुने ठाउँले काम नगरेपछि बालकुमारीको पेटमा प्वाल पारेर निकालिएको अन्द्राले निस्कासन प्रणालीको कष्टप्रद ढंगले काम गर्छ । जेठो छोरो र जेठीछोरी खुटटा लागेपछि बेखवर छन । दुईजना थोरै हुर्किएका छोराहरुलाई दयालु उद्दोमी खोजेर भैरहवामा सुनचाँदीको गहना बनाउने सीपमा पठाईएको साथीफाण्डेसन इटहरीकी अध्यक्ष शान्ति गजमेरले बताउँछिन् ।
हुर्किएको एउटा छोरो र एउटी छोरी बेवारिसे बालबालिकासंग दुब्र्यसनीको सारथी बन्दै एताउता भेटिन्छन । बाकी स साना ५ वटी छोरीहरु आमाको शारीरिक पीडाकोबेला रुवाईको संगित दिने सारथी छन् ।
वरपर छरछिमेक कसैले हेरेनन । घाम लाग्दा शितल दिने छाप्रोको ओझेल पनि राम्रो छैन । पानी पर्दा बाहिर बग्ने बलेसी पनि छैन । जाडोमा आगो बाल्ने न अगेनु,न ओडने ओक्ष्याउने कपडा नै छ । एक चोइटो परालको गुन्द्री पनि कुहेर ढुसी गन्हाउने । ज्यानमा लाज ढाक्ने कपडा निक्कै बर्ष पुरानो र नधोईएको ।
पेटभरी खाने त कुरै भएन । पशु भन्दा पनि तल्लो स्तरको पीडामा छटपटिएकी बालकुमारीको जीवनमा सरकारको आँखाले देख्न भ्याएन । सर्वसाधारण छरछिमेकी मध्ये कसैकसैले दया देखाउँथे तर जीवन सुधारिदिने कुरामा को प्रकट हुने र ? बालकुमारीको बेदना ब्याथा र दुधमुखे ३ बालिकाको दर्दनाक पीडा एककान,दोकान मैदान हुंदै संचारमाध्यममा आएपछि इटहरीमा
सकृय रहेकी साथी फाउण्डेसन नामक संस्थाकी अध्यक्ष्य शान्ति गजमेरको कानमा कुरो आयो । गत जेठ महिना देखि शान्तिले बालकुमारीको अवस्थामा केही परिवर्तन गर्न सकिन्छ की भनेर पहल गरि रहेकी छन् ।
राज्यकोको साँचो बोकेर जथाभावी झिक्दै आफना कार्यकर्तालाई बाँडने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गरिवीको अथाहा पीडा झेली रहेकी बालकुमारीलाई देखेको छैन । आमा बालकुमारीलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन ल्याउंदा २ दिन राखेपछि उनकै दुब्र्यशनी छोरीले जबरजस्ती घर लगिछन । हाम्रो केही लागेन ।
शान्तीको भनाई छ । आमालाई रुङने को ? बालबालिकालाई घरमा हेरविचार गर्ने को ? बडो अपठयारोमा परियौं । शन्तिको भनाई छ । बालबच्चालाई कुनै स्कूलले पढाई दिएपनि हुने भनेर दाता खोज्दै छौं । यो बर्ष केही हुन्छ की गजमेरको भनाई छ ।
यो शीतलहरबाट बालकुमारीलाई जोगाउन पनि निक्कै मेहिनेत गरिरहेकी शान्तिले भर्खरै ५० किलो चामल,सिरक,डसना,चाउचाउ,बिष्कुट सहित नगद पनि वितरण गरेर आएको बताएकी छन् ।
बेबारिसे भएर हिंडेका २ जनालाई तत्काल सुधार केन्द्रमा हाल्न सके सुधारमा आउन सक्थे तर त्यसको लागि पहल जारिरहेको बताईएको छ । फिष्टुला,पाठेघर रोगका अतिरिक्त आन्द्राको सिस्टम बिग्रिएकी पीडित महिला बालकुमारी र उनको परिवारलाई उद्धार गर्न सरकारको ध्यान गएको छैन ।
प्रतिकृया दिनुहोस