डोटीमा आन्दोलनले उग्ररुप लियो, प्रहरीद्धारा १० राउण्ड हवाई फायर
देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
डोटी । डोटीमा प्रदेशको माग गर्दै आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको छ ।
फायरबाट आन्दोलनमा संलग्न भरत बिक र पुष्कर द्धारिया घाईते भएका छन् । बिक गम्भिर घाईते भएका छन् । आन्दोलनकारीले रोकेर राखेका सवारीसाधन र कार्यलयका साईनबोर्डमा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रहरीले जनाएको छ ।
डोटीमा प्रदेशको अस्थायी मुकामको माग गर्दै चर्केको आन्दोलनले उग्ररुप लिदै गएको छ । भर्खरै डोटीका आन्दोलनकारीले बा १ ब ७६३९ नम्बरको सेतो प्लेटको सरकारी मोटरसाईकलमा आगजनि गरेका छन् । आगजनीबाट मोटरसाईकल पुर्ण रुपमा नष्ट भएको छ । दिपायलबाट आन्दोलनकारी ७ नम्बर प्रदेशको मुख्यबजार बुडर पुगेका छन् ।
प्रतिकृया दिनुहोस